रौतहटमा आमा-छोरी मृत फेला, श्रीमान र ससुरा फरार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १६, शनिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १६, काठमाडौँ । रौतहटमा आमा-छोरी शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।

मौलापुर नगरपालिका- ४ बौधा पतौराकी २४ वर्षीया कविता देवी साह र उनकी २ वर्षीया छोरी रोही कुमारी साह मृत फेला परेका हुन् । उनीहरूको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कविताको श्रीमान् वीरेन्द्र कुमार साह र नागेन्द्र साह फरार छन् । छोरी रोहीको शव घरको पंखामा झुन्डिएको अवस्थामा र आमा कविताको शव आँगनमा फेला परेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस