सुनकोशीमा पौडी खेल्न गएका चारमध्ये दुई बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १, काठमाण्डौँ । रामेछापमा पौडी खेल्ने क्रममा चारमध्ये दुई जना बेपत्ता भएका छन् । रामेछाप नगरपालिका ५ का १६ वर्षीय रितिक सुनुवार र अन्दाजी १५ वर्षीय सुवेन्द्र सुनुवार पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

घरबाट झण्डै ३ किलोमीटर टाढाको गाईटार भन्ने स्थानमा सुनकोशी नदीमा पौडी खेल्न चार जना सँगै गएका थिए । तीमध्ये दुई जना घर फर्केका छन् भने दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस