अक्सिजनको जोहोपछि मलेसियामा ग्राउन्डेड जहाज नेपाल फर्कँदै, छानबिन समिति गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाडौँ । चालक दलका लागि आवश्यक पर्ने अक्सिजन जहाजमा नभएपछि मलेसियाको क्वालालम्पुरमा ग्राउन्डेड भएको नेपाल एयरलाइन्सको जहाज नेपाल फर्कँने भएको छ । अक्सिजन नभएपछि ६ घण्टाभन्दा बढी समयदेखि क्वालालम्पुरमा ग्रान्डेड भएको जहाज अक्सिजनको जोहो भएसँगै नेपाल फर्कने तयारी गरेको हो ।

निगमको आरए ४२२ उडान भर्नु अगाडी ९ एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो।

जहाज ग्राउन्डेड भएपछि १ सय ५२ जना यात्रु अलपत्र परेका थिए ।

यसैबीच, जहाज मलेसियामा जहाज ग्राउन्डेड भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । ककपिटमा अक्सिजन अभाव हुँदा पनि जहाज काठमाडौंबाट उडाइएको विषय गम्भीर भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस