सम्पत्ति शुद्धीकरणमा ग्रेस लिस्टको जोखिम कायमै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण ४, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौँ । फाइनान्सियल एक्शन टास्क फोर्स एफएटीएफको एशिया प्यासिफिक ग्रूप एपीजीमा नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा ग्रे लिस्ट बाट जोगिन १ वर्ष समय दिइएको छ । क्यानडामा सम्पन्न एफएटीएफ एपीजीको २३औं वार्षिक बैठकले नेपाललाई शर्तसहित थप १ वर्ष दिएको हो ।

नेपालबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली एपीजीको वार्षिक बैठकमा भाग लिन गएको थियो । असार २४ २९ सम्म आयोजित एशिया प्यासिफिक ग्रूप अन मनी लाउन्डरिङ एपीजीको वार्षिक प्लेनरी बैठकमा सहभागी भई अधिकारीसहितको टोली स्वदेश फर्किएको छ ।

नेपालले अबको १ वर्षमा ऐन संशोधन गरेर सम्पत्ति शुद्धीकरणका सम्भावित क्षेत्रमा नियमन गरेको प्रमाण पेश गर्नुपर्नेछ । त्यसपछि नेपालको प्रगतिको मूल्यांकन हुनेछ । उक्त अवधिमा नेपालले सहकारी, घरजग्गा र बीमाक्षेत्रबाट भइरहेको सम्पत्ति शदीकरणलाई न्यनीकरण गरेको प्रमाण पेश गर्नुपर्ने छ । यो सामार आर्थिक अभियान दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस