सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै भेटिएनन् 

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ८, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

 

साउन ८, काठमाडौँ । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ ।

काठमाडौं महानगरपालिका ३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए ।

विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए। मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस