तिनाउ नदिको बाढीले खतरा तह पार गर्यो, सुरक्षित स्थानमा रहन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ९, मंगलबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाडौँ । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ ।

तिनाउको बाढी बढ्दो क्रममा छ । त्यसैले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने खतरा छ । विभागले होचा स्थानमा हुनेहरूलाई दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस