साउन २२, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको ११औँ विश्व सम्मेलन तथा महाधिवेसन असोज ३० देखि कात्तिक ३ गते अक्टोबर १७–२० सम्म काठमाडौँमा हुने भएको छ ।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले आइतवार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलनसमेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको जानकारी दिए ।