कैदी मृत्यु प्रकरण : लछारपछार पार्दै कुटपिट गरेको फुटेज फेला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २६, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाडौँ । संखुवासभा जिल्ला कारागारमा दुईजना कैदी बन्दीको मृत्यु भएको प्रकरणमा १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको छ ।

घटनाका बेला ड्युटीमा रहेका प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो । बुधबार बिहान मादी नगरपालिका ५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका ७ नुवाकोटका २८ वर्षीय आकाश बलामी कारागारमा मृत फेला परेका थिए ।

प्रहरीले प्राप्त सीसीटिभी फुटेजमा ड्युटीमा रहेका प्रहरीले उनीहरूलाई लछारपछार पार्दै कुटपिट गरेको देखिएको छ । ड्युटीमा रहेका प्रहरीसँगै कुटपिटमा संलग्न नौ जना कैदीलाई पनि नियन्त्रणमा लिइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस