सुनकोशी गाउँपालिकामा जीप दुर्घटना, दुई जनाको मृत्यु, चार जना घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० भाद्र १७, आईतबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र १७,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् ।

गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको र तीमध्ये एक जना उत्तम महर्जन रहेका प्रहरीले जनाएको छ । अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर सञ्जीवकुमार यादवले जानकारी दिनुभयो ।

घाइते चार जनाको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काभ्रेको धुलीखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस