नारायणगढ-मुग्लिन सडकका दुई पुल दसैंअघि सञ्चालनको तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १७, आईतबार (१ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

भाद्र १७, चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसैं अघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ ।

नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिमखण्ड नारायणगढ-मुग्लिनका आयोजना प्रमुख किरण कार्कीका अनुसार लामोबालुवा र डुम्रेस्थित पुल दसैं अघि सञ्चालनमा आउनेगरी काम अघि बढाइएको हो । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभानस्थित पुल असार महिनादेखि सञ्चालनमा आएको छ। उनले भने, “सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहमा कालोपत्र गर्न बाँकी छ। वर्षातका कारण केही ढिलो भयो, दसैं अघि काम सम्पन्न हुन्छ।”

आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो। वर्षात्सँगै कालोपत्र र बाँकी काम गर्न नभ्याइएकाले केही ढिलो भएको हो। बाँकी १२ मध्ये १० पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको आयोजना प्रमुख कार्कीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस