आज दुई वटा संसदीय समितिको बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ६, शुक्रबार (१ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

पुस ६,काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञहरूसँग छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस