दिपू वर्णवाल
पौष ७, वीरगंज । रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले शुक्रबार एक कार्यक्रमको बिच वीरगंज महानगरपालिकाको वडा नं २६ स्थित श्री नेपाल प्राथमिक विद्यालय सुगौलीमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरेको हो ।
विद्यालयमा अध्ययनरत ८० जनालाई छात्ररछात्रालाई स्वीटर, मोजा, कॉपी, पेन्सिल, पेन वितरण गरिएको रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसका उपाध्यक्ष दिपु बर्णवालले जानकारी दिए । सो कपडा प्राणिक हीलर, अलका सिंघानिया,अम्बालिका शाह, सोनी रमनले सहयोग गरेका थिए ।
क्लबका अध्यक्ष रेशु अग्रवालको अध्यक्षतामा भएको कपडा हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष दिपु वर्णवाल, राधिका दारुक, पुष्पा गुप्ता, परमानंद लगायतको उपस्थिति रहेको थियो ।