सङ्घीयता कार्यान्वयन नभए सङ्घर्ष गर्ने बताएका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १४, शनिबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । प्रदेशको सरोकार सङ्घ सरकारले सम्बोधन नगरेमा सङ्घर्ष गर्ने चेतावनी दिएका मुख्यमन्त्रीहरुले आज प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् ।

हिजो हेटौँडा भेला सकेलगत्तै मुख्यमन्त्रीहरु काठमाण्डौ आएका छन् । उनीहरुले आज प्रधानमन्त्रीलाई भेटेर भेलाको निष्कर्ष सुनाउन लागेका हुन् । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा सङ्घर्षमा जाने चेतावनी दिएका छन् ।

मुख्यमन्त्रीहरुले प्रहरी समायोजन, सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरण लगायतका माग राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस