बालकुमारी घटनाबारे प्रधानमन्त्रीले १८ घन्टा पछि लिए ब्रिफिङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १४, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाडौँ । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।

हिजो भएको घटनाका बारेमा प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा बोलाएर झन्डै १८ घन्टा पछि शनिवार बिहान घटनाको बारेमा ब्रिफिङ लिएका हुन् । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित रहेका थिए ।

ब्रिफिङमा उहाँहरूले घटनाको बारेमा जानकारी गराउँदै छानविन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका छन ।
प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस