बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १५, आईतबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

दाङ । दाङमा आज बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत सितलपुर–अमेलिया सडक खण्डको भञ्जाङमा भे १ ख २०४१ नम्बरको बस दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा बर्दियाबाट दाङको चखौरा वनभोजका लागि गएकाहरु घाइते भएका हुन् । उनीहरु दंगीशरण–३ को थारु सङ्ग्रहालय रहेको चखौरामा वनभोजका लागि जान लागेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रशाद पोखरेलका अनुसारका घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुर र बाँकेको नेपालगञ्ज पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस