बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १५, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । राष्ट्रियसभा निर्वाचनलगायत पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक र नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेता सहभागी छन् ।

हिजो मात्रै टुंगिएको कांग्रेसको केन्द्रीय समितिको बैठकले राष्ट्रियसभामा गठबन्धन गरेर जाने निर्णय गरेको छ । गठबन्धन दलहरू एकजुट भएर जान तयार भएपनि सीटको भागबण्डा अझै टुंगिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस