सभापति देउवासँग भारतीय विदेश मन्त्रीको भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २०, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
सभापति देउवासँग भारतीय विदेश मन्त्रीको भेटवार्ता

पौष २०, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । भेटमा दुई देशबीच सदियौँदेखिको सम्बन्ध र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास निर्माणमा सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस