नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेपनि मौसम सामान्यतया सफा हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २०, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस