आजको मौसम : तराईमा हुस्सु, जुम्लामा सबै भन्दा चिसो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका तराई भू–भागका केही स्थानहरू हुस्सु कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

देशभर चिसो बढ्दो क्रममा छ । राजधानी काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियससम्म पुगेको छ । जुम्लामा सबैभन्दा चिसो माइनस ६.६ डिग्री सेल्सियस रहेको छ भने जोमसोममा पनि माइनस ४.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ । जिरीमा माइनस ०.७ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस