एकीकृत समाजवादी : उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्षसहित ३ नेतालाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित ३ नेतालाई दिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार चयनको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यी तीन नेतालाई राष्ट्रियसभा निर्वाचनका विषयमा सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस