राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २२, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

पौष २२, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । वर्तमान सत्तागठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतभेद छ ।

यसअघि केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले त्यसबारे विभाजित धारणा राखेका थिए भने बैठकले अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

१९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनमा कांग्रेसका भागमा कति सिट पर्ने भन्ने अझै निश्चित छैन । तर गठबन्धनमा कांग्रेसले १३ सिट दाबी गरिरहेको छ । जबकि सात प्रदेशबाट उम्मेदवारका आकांक्षीहरूको संख्या भने चार सय हाराहारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस