राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा नेकपा एस असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २२, आईतबार (१ साल अघि)
  • २४ पटक पढिएको
राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा नेकपा एस असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

पौष २२, काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरेपनि नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ ।

शनिबार बिहानदेखि छलफलमा जुटेका सत्ता गठबन्धन दलहरूले अब एमालेसहित अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गर्दै १९ सिटको भागबण्डा गरेका थिए ।

अनौपचारिकरुपमा अहिलेको भएको भागबण्डामा १० सिटमा कांग्रेस, ६ सिटमा माओवादी केन्द्र, २ सिटमा एकीकृत समाजवादी र १ सिटमा जसपाले उम्मेदवारी दिने तय भएको छ । तर एकीकृत समाजवादीका नेताहरू भने असन्तुष्ट देखिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस