राष्ट्रिय सभाको भागबण्डामा असन्तुष्ट माधव नेपालले बोलाए पार्टीको वैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २२, आईतबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बिहान साढे ११ बजे पार्टी मुख्यालय आलोकनगरमा ७२ औँ सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

शनिबार दिउँसो बसेको ७१ औँ सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो । गठबन्धनको बैठकले सिट बाँडफाँटको टुङ्गो लगाएको छ । रिक्त १९ स्थानमध्ये नेपाली काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी जसपाले १ सिट लिने गरी गठबन्धन घटक दल सहमति नजिक पुगेको बताइएको छ । यद्यपि त्यसमा आफूहरू असन्तुष्ट रहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस