पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • ३१ पटक पढिएको
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न

पौष २६, काठमाण्डौँ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा अध्यक्ष श्री प्रेम बहादुर श्रेष्ठज्यूको अध्यक्षतामा यही २०८० पौष २४ गते कोपुण्डोल, ललितपुरमा सफलता पुर्वक सम्पन्न भयो ।

उक्त सभामा संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण शेयरधनीको तर्फबाट श्री सनिल पक्का र स्वतन्त्र संचालकमा श्री बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको थियो ।

साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यव्रmम प्रस्तुत गरिएको थियो । उक्त कार्यव्रmममा कम्पनीका सञ्चालकज्यू र शेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा शेयर सदस्यबीच गहन अन्तकृया समेत भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस