भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु (के छ नयाँ व्यवस्थामा ?)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १०, बुधबार (१ साल अघि)
  • ३६ पटक पढिएको
भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु (के छ नयाँ व्यवस्थामा ?)

माघ १०,काठमाडौँ । भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो ।

गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ ।

साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ ।

साथै भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणमा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटी भएको प्रमाण (नगद वा डेविटरक्रेडिट कार्ड) पनि बुझाउनु पर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस