सुनको मूल्य ५ सय बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आइतबार १ लाख १७ हजार ६ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य केही बढेपछि नेपाली बजारमा सोअनुसार समायोजन भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि केही बढेको छ । अघिल्लो दिन प्रतितोला १४१० रुपैयाँ रहेको चाँदी आइतबार १४३० रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस