प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (८ महिना अघि)
  • ५९ पटक पढिएको
प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरु

भाद्र १४, काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरु गर्ने भएको छ ।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित राजदुतहरुमाथि उजुरी गर्ने उजुरीकर्ताहरुसँग छलफल गर्ने भएको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेकाअनुसार भदौ १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गर्दै आजदेखि सुनुवाइ सुरु गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस