सहकारीको बचत ठगि छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थपिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १८, मंगलबार (८ महिना अघि)
  • ६५ पटक पढिएको
सहकारीको बचत ठगि छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थपिँदै

भाद्र १८, काठमाडौँ । सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ ।

समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो । समितिको म्याद १५ दिनका लागि थप्न लागिएको छ । यस अघि तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस