सहकारीसम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १८, मंगलबार (८ महिना अघि)
  • ६२ पटक पढिएको
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थप

भाद्र १८, काठमाण्डौँ ।  सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप गरिएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकले समितिको म्याद थप गर्ने समिति संयोजक सूर्य थापाको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो।

त्यसअघि बैठकमा समिति संयोजक थापाले म्याद थपको प्रस्ताव प्रस्तुत गर्दै समितिले गरेको कामकारवाहीका बारेमा जानकारी गराएका थिए। उनले अहिलेसम्म समितिको ५१ वटा बैठक बसेको र सहकारी दूरुपयोग सम्बन्धी तथ्यमा पुग्ने काम भएको जानकारी दिए।

जरैदेखि समस्याको पहिचान र समाधान गर्ने तर्फ कोशीस गर्नका लागि विभिन्न निकायदेखि आरोपितसँग समेत छलफल गरिएको उनले बताए। उनले तथ्यको पुष्टि र पुनर्पुष्टि गर्न समय नपुगेकाले म्याद थपको प्रस्ताव गर्नुपरेको जिकिर गरे।

समिति संयोजक थापाको प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतीले स्वीकृत भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस