भाद्र १८, काठमाण्डौँ । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले दिएको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी परेको छ।
लेखासमितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ रु ९० भन्दाबढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आईपिओ) जारी गर्ने व्यवस्था मिलाउन भनेको थियो। लेखासमितिको उक्त निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी परेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए
“लेखा समितिले धितोपत्र बोर्डलाई विसं २०८० पुस १२ गते रु ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आईपिओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएको र यसले पुँजीबजार तथा लगानीकर्तामा ठूलो निराशा छाएको भन्दै विषयमा अर्थ समितिमा उजुरी परेको छ । धितोपत्र बोर्ड अर्थ समितिको कार्यक्षेत्रभित्र पर्ने भएका कारण यस विषयमा छलफल गर्न आवश्यक देखिन्छ”, समिति सभापति चालिसेले आजको बैठकमा भने।