सामाजिक सुरक्षा कार्यक्रममा समय-सीमा नतोक्नु !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २९, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन २९, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरण हुने समयसीमा नतोक्न रोजगारदाता (प्रतिष्ठान) हरुले सरकारसँग माग गरेका छन्।

सरकारले मंसिरबाट लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका बारेमा अझै केही अन्योल र अस्पष्टता रहेको भन्दै उनीहरुले थप समय माग गरेका छन्।

सामाजिक सुरक्षा कोषले मंगलबार राजधानीमा आयोजना गरेको अन्तक्रियामा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न उद्योगी व्यवसायी तयार रहे पनि तत्कालै सबै रोजगारदाता सूचीकरण हुन भने विभिन्न समस्या रहेको औँल्याइन्।

ताजा अपडेट

खोजी गर्नुहोस