प्रतिबन्धित नेकपाका पोलिटब्युरो सदस्य कार्की पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २, शनिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २,काठमाडौँ । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोलिटब्युरो सदस्य जीवन्त भनेर चिनिने मोहन कार्की छन् ।

आतंकवाद र राजनीतिक गतिविधिमाथि सुक्ष्म निगरानी गर्ने प्रहरीको इकाइ विशेष ब्यूरोले उनलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

गत २८ फागुनमा बसेका मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले समूहका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस