काँग्रेसले विप्लवलाई भन्यो: ‘नागरिक जीवनमाथि खेलबाड नगर, शान्तिपूर्ण राजनीतिमा आऊ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २, शनिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत २, काठमाडौँ । नेपाली कांग्रेसले शान्तिपूर्ण राजनीतिमा आउन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति निकालेर कांग्रेसले सबैखाले विमतिको हल राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने तथा शान्ति, सहमति र सहकार्यको बाटोबाट मात्रै देशको प्रगति हुने भन्दै हत्या, हिंसा र चन्दा आतङ्कको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपिल गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व भएको तर त्यसका नाममा संविधान विपरीत निषेधको बाटो नअपनाउन सरकारलाई आग्रह गरिएको छ ।

दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न नेपालले ऐतिहासिक सफलता हासिल गरेको स्मरण गर्दै विज्ञप्तिमा हिंसात्मक व्रिदोहमा गएको विप्लव नेतृत्वको नेकपालाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गरिएको छ ।

दुवै कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरिरहेको देशमा फेरि नागरिक जीवनमाथि खेलबाड नगर्न पनि कांग्रेसले सचेत गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस