नीति र कानुन सुधार मन्त्रालयको पहिलो प्राथमिकतामा : गृहमन्त्री

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २६, शनिबार (४ महिना अघि)
  • ३१ पटक पढिएको
नीति र कानुन सुधार मन्त्रालयको पहिलो प्राथमिकतामा : गृहमन्त्री

माघ २६, काठमाण्डौँ ।  गृहमन्त्री रमेश लेखकले नीति र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन् । आज (शनिबार) काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उनले सरकार बनेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार मन्त्रालयको पहिलो काम भएको बताएका हुन्।

उनले सोहीअनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसदमा दर्ता गरिएको बताएका छन् । उनले भने, ‘नागरिकतासम्बन्धी विधेयक पनि संसदमा दर्ता भएको छ । अब चाँडै अध्यागमन सम्बन्धी ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचनसम्बन्धी ऐन पनि अगाडि बढाएका छौँ । जग्गाप्राप्ति सम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ । यस्तै संघसंस्था सम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीनवटा कानुन संशोधनकालागि संसद पुगेका छन् । बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउछौँ । चाँडै पास गर्छाैं ।’

नेपाल प्रहरी ऐनसम्बन्धी विधेयकमा सेवा प्रवेश र सेवा निवृत्तको कुरा सुनिश्चित गरेको पनि गृहमन्त्री लेखकले बताएका छन् । उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धी विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको भन्दै विधेयकमा भएको कमी कमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस