अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बर्न अस्पताल पुगे

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन ३, शनिबार (२ महिना अघि)
  • २५ पटक पढिएको
अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बर्न अस्पताल पुगे

फागुन ३,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर गृहमन्त्री रमेश लेखकले स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् ।

पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा आगो लागेर घाइते भएका पौडेल र आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । गृहमन्त्री लेखकले दुवैलाई भेट्नका साथै उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गरेका थिए ।

स्वास्थ्यअवस्थाबारे जानकारी लिएपछि गृहमन्त्री लेखकले सञ्चारकर्मीहरूसँग चिकित्सकहरूले राम्ररी उपचार गरिरहेको बताए ।
‘पोलेको धेरै गहिरो छैन, बाहिर पोलेको छ भन्नुभएको छ । उपचार राम्रो भइरहेको छ,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस