गभर्नर फाइनल भएपछि गुणाकर भट्टले दिए पदबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ५, शुक्रबार (२ महिना अघि)
  • ११४ पटक पढिएको
गभर्नर फाइनल भएपछि गुणाकर भट्टले दिए पदबाट राजीनामा

बैशाख ५,काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनाउने समझदारी भएको थियो।

सरकारले अर्थमन्त्री विष्णु पौडेलका नेतृत्वको गभर्नर सिफारिस समिति गठन गरिसकेको छ। उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन्।

अब सिफारिस समितिले भट्टसहित ३ जनाको नाम मन्त्रिपरिषद्‌मा पठाउनेछ। अर्थविद् पौडेल हाल भारतमा छन्। उनी आएपछि समितिको बैठक बस्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस