आगामी वर्षको बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आउँछ : अर्थमन्त्री

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २७, शनिबार (१० घण्टा अघि)
  • ५७ पटक पढिएको
आगामी वर्षको बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आउँछ : अर्थमन्त्री

वैशाख २७, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले योजना तथा कार्यक्रममा हेरफेर गर्दै आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने समेत बताए । उनले अर्थतन्त्रका परिसूचकहरु सुधार हुँदै गए पनि विगतमा देखिएका स्रोत व्यवस्थापनका खाडललाई पुर्न केहि समय लाग्ने उल्लेख गरे ।

बजेट प्रणालीलाई मार्गदर्शन गर्ने दस्तावेजका रुपमा रहेको संविधानका आधारमा आवश्यक नीति अवलम्बन गरिने उनको भनाइ छ । उनले सामाजिक सुरक्षाका नाममा ठूलो रकम खर्च हुने गरेकाले खर्च व्यवस्थापनको समस्या समाधान गर्नैपर्ने धारणा राखे ।

ताजा अपडेट

खोजी गर्नुहोस