ह्वात्तै घट्यो सुनको भाउ, तोलामा कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २९, सोमबार (९ घण्टा अघि)
  • ५५ पटक पढिएको
ह्वात्तै घट्यो सुनको भाउ, तोलामा कति ?

वैशाख २९, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य उच्च अकंले घटेको छ । आज प्रतितोला सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८६ हजार ८०० रूपैयाँमा कारोबार भएको छ । आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ९६० रूपैयाँका दरले कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुदाँ नेपालमा पनि सोही अनुसार कारोबार हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा घटेर प्रति औंस ३२७८.६१ अमेरिकी डलरमा कारोबार भएको छ । आइतबार सुन प्रति औंस ३३२६.१५ डलर थियो ।

यस्तै चाँदी प्रति औंस ३२.९ डलर रहेको छ । चाँदी आइतबार प्रति औंस ३२.७२ डलर रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस