खाडीमा हिमालको पानी बेच्ने व्यवस्था गर्न उद्योग बाणिज्य महासंघको माग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ३०, मंगलबार (११ घण्टा अघि)
  • ६० पटक पढिएको
खाडीमा हिमालको पानी बेच्ने व्यवस्था गर्न उद्योग बाणिज्य महासंघको माग

बैशाख ३०,काठमाडौँ । आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारीमा लागेको सरकारलाई निजी क्षेत्रले खाडीमा हिमालको पानी बेच्ने व्यवस्था गर्न माग गरेको गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले बजेटमा राख्ने कार्यक्रम सरकारलाई सिफारिश गर्दै खेतदेखि खाडीसम्म कार्यक्रम चलाएर यो व्यवस्था गर्न माग गरेको हो । महासङ्घका अनुसार सरकारले आउँदो बजेटमा यो कार्यक्रम राखेर नेपाली कृषि उत्पादन र पानी खाडीमा विस्तार गर्नुपर्छ ।

हिमालयको पानीको खाडी देशमा अत्यधिक माग छ । नेपालबाट दैनिक १२ भन्दा धेरै उडान मध्यपूर्व जाने गरेका छन् । यी जहाजमार्फत कृषि उत्पादन निर्यात गर्न विमानस्थलमा कोल्ड स्टोरेज, एक्स रे–मेशिन र वेयर हाउस सुविधा उपलब्ध गराइनुपर्ने निजी क्षेत्रको सुझाव छ ।

अहिले पनि नेपालबाट विभिन्न देशमा पानी निर्यात हुँदै आएको छ । नेपालबाट मिनरल वाटर, हिउँ पग्लिएको पानी र सुगर एडेड वाटर गरी तीन प्रकारका पानी विदेश निर्यात हुने गरेको छ । नेपालको पानी चीन र जापानमा निर्यात हुँदै आएको छ ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कानुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा पानीका विभिन्न उत्पादनहरू चीन, जापान र हङकङजस्ता प्रमुख बजारमा निर्यात भएको छ । यसले नेपाली पानीका उत्पादनहरूको अन्तर्राष्ट्रिय माग बढ्दै गएको स्पष्ट सङ्केत गरेको महासङ्घको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस