कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ३०, मंगलबार (१ महिना अघि)
  • १५४ पटक पढिएको
कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ स्थगित

वैशाख ३०, काठमाडौं । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई दिने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै एनओ‌सी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको जनाएको हो ।

मन्त्रालयले अध्ययनमा जाने विद्यार्थीहरूले सुरुदेखि नै रोजगारीमा बढी प्राथिमकता दिँदा अध्ययनमा निरन्तरता नहुने, पढाइ समय कम भएका विश्वविद्यालयमा भर्ना हुने, काम पाउन नसक्नेहरूमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी पठाउने गरेकोलगायत समस्या देखिएकोले एनओसी दिन स्थगित गरिएको जनाएको छ ।

‘डी टू’ र ‘डी फोर’ भिसा नियमन गर्न कार्यदल गठन गर्ने र त्यसले दिने प्रतिवेदनको आधारमा थप निर्णय लिइने मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस