जेठ २, काठमाडौं । काठमाडौं-हेटौँडा सडकसण्ड अन्तर्गत कुलेखानी-कलङ्की-हुमाने सडक शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक बन्द हुन लागेको हो ।
कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनामा मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी-कलङ्की-हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनका लागि जेठ २ देखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जनाएको छ ।
कार्यालयले हेटौँडा-काठमाडौं वा काठमाडौं-हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी-सिस्नेरी-फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्न/गराउन आग्रह गरेको छ ।