धुनिवेशी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

धुनिवेशी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

जेठ ८,धादिङ । धुनिवेशी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । आज नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख बालकृष्ण आचार्यले पुर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा नगरपालिकाले शिक्षा,स्वास्थ्य लगायत पुर्वाधारमा महत्वपुर्ण परिवर्तन गरेको बताउदै नगरप्रमुख बालकृष्ण आचार्यले खोप सुनिश्चितता गर्न पनि नगरका स्वास्थ्यकर्मीले अथक प्रयास गरेको जानकारी दिए । उनले नगरमा कोही पनि खोपको अभावमा रोगी बन्न नपरोस् भन्नेमा सचेत रहेको आचार्यको भनाई थियो ।

यस आर्थिक बर्षमा अहिलेसम्म सबै बालबालिकाले सरकारले प्रदान गर्ने सबै खोप लगाएको धुनिवेशी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ध्रुव अधिकारीले बताए ।

प्रत्येक बर्ष हरेक पालिकालाई पुर्ण खोप सुनिश्चित भएको घोषणा गर्ने नीति अनुसार हरेक पालिकाले चैत्र महिनामा बालबालिका खोज्ने र बैशाखमा खोप्ने काम गर्ने गरेको अधिकारीले बताए ।

घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितीका निमित्त प्रमुख नवराज अधिकारी,जिल्ला खोप समन्वय समितीका सदस्य सचिव राजन चालिसे,जिल्ला फोकल पर्सन श्याम प्रसाद पोखरेल,धुनिवेशी नगरपालिका उपप्रमुख सुरज उप्रेती, वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङ,वडा नम्बर ६ का अध्यक्ष रमेशप्रसाद आचार्य,वडा नम्बर ९ का अध्यक्ष माधव सिलवाल,प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद जैसी, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरी नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गर्न सहयोग पुर्याउने स्वास्थ्यकर्मीहरु मल्लिाका गिरी भारती,शुष्मा दाहाल,नलिना पाण्डे,शारदा सुवेदी,पवित्रा पाण्डे,सजिना सुवेदी,सिता लामा,राधिका भण्डारी,सुहना रिजाल, कुसुम पाठक र सविना थापालाई प्रशंसा पत्रसहितच सम्मान गरिएको थियो ।

कार्यक्रम सञ्चालन नगरको स्वास्थ्य शाखाका हेमन्त सुवेदीले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस