संसद् बिहीबारसम्मका लागि स्थगित, भोलिसम्म सहमति गर्न दलहरुलाई सभामुखको आग्रह

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ ३, मंगलबार (९ घण्टा अघि)
  • ५९ पटक पढिएको
संसद् बिहीबारसम्मका लागि स्थगित, भोलिसम्म सहमति गर्न दलहरुलाई सभामुखको आग्रह

असार ३, काठमाडौं । प्रतिनिधिसभा बैठक पर्सि बिहीबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँसेर बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अवरोधका कारण आधा घण्टालाई स्थगित गरिएको बैठक दिउँसो साढे ४ बजेलाई सारिए पनि सहमति नजुटेपछि कार्यसूचीमा प्रवेश नगरी पर्सि बिहीबार बिहान ११ बजे सम्मकालागि बैठक स्थगित गरिएको प्रतिनिधि सभाका सचिव हर्कराज राईले जानकारी दिए ।

भिजिट भिषा प्रकरणलाई लिएर रास्वपाले निरन्तर संसदमा नारावाजी गर्दै वेल घेर्दै आएको छ । रास्वपाले गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तथा संसदीय छानबिन समित गठन गर्नु पर्ने माग राख्दै आएको छ ।

आज दिउँसो संसद स्थगित गरेर सभामुख घिमिरिले प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । सभामुख घिमिरेले दलहरुलाई भोलिसम्म सहमति जुटाउन आग्रह गरेका छन् । रास्वपाले आफूहरूले राखेको मागबाट पछि नहट्ने बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस