प्रभु बैक र छिमेक लघुवित्तको संस्थापक सेयर बिक्री खुला

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ३, मंगलबार (८ घण्टा अघि)
  • ६३ पटक पढिएको
प्रभु बैक र छिमेक लघुवित्तको संस्थापक सेयर बिक्री खुला

असार ३, काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीका लागि आजदेखि सिलबन्दी बोलपत्र प्रणालीमार्फत आवेदन खुला गरेका छन् । प्रभु बैंक लिमिटेडले कुल ९,८८२ कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाले २,४४,४८० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीहरूका अनुसार, प्रभु बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० र छिमेक लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३९० तोकिएको छ । बोलपत्रदाताले प्रभु बैंकको हकमा न्यूनतम १,००० कित्ता र छिमेक लघुवित्तको हकमा न्यूनतम ५०,००० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

आवेदन आगामी असार १० गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बुझाउन सकिनेछ । इच्छुक बोलपत्रदाताले दर्ता प्रमाणपत्र (संस्था/कम्पनीको हकमा), कर चुक्ता प्रमाणपत्र, शेयर खरिदसम्बन्धी सञ्चालक समितिको निर्णयको प्रतिलिपि (संस्था/कम्पनीको हकमा), तथा विगत दुई आर्थिक वर्षदेखि मुनाफामा रहेको प्रमाणित कागजातहरू आवेदन फारमसँग संलग्न गर्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस