नेपालको घातक बलिङ, स्कटल्यान्ड ९७ रनमा अलआउट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ ३, मंगलबार (७ घण्टा अघि)
  • ५९ पटक पढिएको
नेपालको घातक बलिङ, स्कटल्यान्ड ९७ रनमा अलआउट

असार ३, काठमाडौं । नेपालको घातक बलिङमा स्कटल्यान्ड ९७ रनमा अलआउट भएको छ । स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ९८ रनको सामान्य लक्ष्य पाएको छ ।

स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले पावर प्लेमा नै ५ विकेट गुमायो । माइकल लिस्कले बनाएको ४६ रन नै स्कटल्यान्डका लागि सर्वाधिक रह्यो । उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै कप्तान म्याथु क्रोस १५ रन, ब्राण्डोन म्याक मुलेन १० रन बनाए । अन्य आठ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

स्कटल्यान्डलाई सस्तैमा रोक्न सन्दीप लामिछानेले चार विकेट लिए । सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ११ रन दिएर चार विकेट आफ्नो नाममा गरेका हुन् । करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट झारे । ललित राजवंशीले एक विकेट आफ्नो नाममा गरे ।

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस