माधव नेपालको मुद्दामा थुनछेक बहस सकियो, आदेश आजै आउने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ११, बुधबार (९ घण्टा अघि)
  • ४६ पटक पढिएको
माधव नेपालको मुद्दामा थुनछेक बहस सकियो, आदेश आजै आउने

असार ११, काठमाडौं । विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आजै आदेश आउने अदालत प्रशासनले जनाएको छ ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोप लागेका नेपाल बुधबार आफैं अदालत उपस्थित भएर बयान दिएका थिए । बयानपछि थुनछेक बहस पनि सकिएको छ ।

बहसमा अख्तियारका तर्फबाट निजी कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त, विशेष सकारी वकिलको कार्यालय प्रमुख मोहन सागर बस्याल, भगवनी देवी गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।

त्यस्तै नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठले बहस गरे । जारी बहसका लागि नेपालका पक्षबाट ५० जनाले वकालतनामा लेखाए पनि केहीले मात्रै बहस गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा गएको जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

नेपालविरुद्ध हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस