एसईईको नतिजा आज प्रकाशन गर्ने बोर्डको तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ १३, शुक्रबार (९ घण्टा अघि)
  • ८० पटक पढिएको
एसईईको नतिजा आज प्रकाशन गर्ने बोर्डको तयारी

असार १३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । नतिजा काम अन्तिम चरणमा पुगेसँगै प्रकाशनको तयारी गरिएको हो ।

नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार बैठक आज बस्ने भए पनि समय भने निर्धारण भएको छैन । स्रोतका अनुसार आज अपरान्ह ५ बजे बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस