तीन दिन अति भारी वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १४, शनिबार (११ घण्टा अघि)
  • ५६ पटक पढिएको
तीन दिन अति भारी वर्षाको सम्भावना

असार १४, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबिच आजबाट तीन दिन पश्चिम नेपालमा धेरै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार साँझदेखि सोमबार बिहानसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानमा तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण तीन दिन मनसुन थप सक्रिय हुँदा धेरै वर्षा हुने भएको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस