देशभर अहिलेसम्म १७.२ प्रतिशत मात्र धान रोपाइँ, सुदूरपश्चिममा धेरै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ १४, शनिबार (११ घण्टा अघि)
  • ७० पटक पढिएको
देशभर अहिलेसम्म १७.२ प्रतिशत मात्र धान रोपाइँ, सुदूरपश्चिममा धेरै

असार १४, काठमाडौं । देशभर अहिलेसम्म १७.२ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा २३.९ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका अनुसार, धानको भण्डारको रुपमा परिचित मधेश प्रदेशमा भने सबैभन्दा कम अर्थात् ८.२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

यसैगरी कोशी प्रदेशमा १३.७ प्रतिशत, बागमतीमा १९.६ प्रतिशत, लुम्बिनीमा १८.५ प्रतिशत धान रोपाइँ भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा १२.४ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ सहजरूपमा रासायनिक मल उपलब्ध गराउने र उन्नत बीउको प्रबन्ध गरेको छ । सयममै मनसुन समेत शुरु भएकाले यस बर्ष उल्लेख्य रुपमा धानखेती हुने अपेक्षा गरिएको छ ।

नेपालमा करिब १४ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिन्छ । देशभरका ७७ जिल्लामध्ये ७५ जिल्लामा धान खेती हुने गरेको छ । कुल खेतीयोग्य जमिनको करिब ५० प्रतिशत क्षेत्रमा धान खेती गरिने तथ्यांक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस