नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १४, शनिबार (९ घण्टा अघि)
  • ६० पटक पढिएको
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

असार १४, काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा बैठकमा गृहमन्त्री रमेश लेखकले राखेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरिएको हो ।

प्रस्ताव पारित हुनुअघि सभामा छलफल भएको थियो । छलफलमा सहभागी सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताए ।

उनले नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउन नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भीर रहेको बताए ।

उनले संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस